२०८१ बैशाख १७ , सोमवार

चर्चित भारतीय युट्युबर एल्विश यादव पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं।

चर्चित भारतीय युट्युबर तथा रियालिटी शो ‘बिग बोस ओटीटी सिजन २’ का विजेता एल्विश यादवलाई उत्तर प्रदेशको नोएडा प्रहरीले पक्राउ गरेको छ । रेभ पार्टीमा सर्पको विष तस्करी गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको थियो । उनीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अदालती आदेशपछि उनलाई १४ दिन हिरासतमा पठाइएको थियो । प्रहरीले त्यहाँबाट नौवटा सर्प बरामद गरेको थियो । जसमध्ये पाँच कोब्रा थिए भने एक अजिंगर र दुईवटा सर्पको टाउकोसहित एउटा रातो सर्प फेला पारेको थियो । सोधपुछ गर्दा यी सामग्री रेभ पार्टीमा प्रयोग हुने गरेको पाइयो ।

अनुसन्धानका क्रममा मुख्य अभियुक्तको रुपमा एल्विश भेटिएका थिए । पक्राउ परेका पाँचै जनालाई वन्यजन्तु संरक्षण ऐन १९७२ को धारा ९, ३९, ४८ ए, ४९, ५० र ५१ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।पटक पटक निजी कारणले विवादमा आउने यादवका युट्युबमा १५ मिलियनभन्दा बढी फलोअर छन् ।