२०८१ बैशाख २२ , शनिवार

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी/सेमिनार सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।

महालक्ष्मी विकास बैंकले मिति २०८० फाल्गुण २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्दि«य कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा“नेतृत्व/सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता”नामक दुई दिने कार्यगोष्ठी/सेमिनार सम्पन्न गरेको छ ।

उक्त कार्यगोष्ठी/सेमिनार माहाल अर्थतन्त्रमा देखिएको मन्दिर नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्य दिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो ।

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसायविस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी/सेमिनारमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवाप्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।