२०८१ बैशाख १५ , शनिवार

सुन तस्करीमा आरोपितहरूलाई तत्काल कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

rabi

सुनाखरी न्युज/ काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले  सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

 

 

तत्कालीन प्रतिपक्षी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले करिब एक महिना संसद् अवरोध गरेपछि गत भदौमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन भएको थियो । आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले अग्रसरता लिएको छ ।