२०८१ जेठ ७ , सोमवार

सुदूरपश्चिम सरकारलाई समर्थन दिने नाउपाको निर्णय

Screenshot 2024-03-18 090119

सुनाखरी न्युज/ धनगढी ।

नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् ।

प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा आइतबार  बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

 

बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । बैठकमा सहभागी भएका नाउपा सांसदहरु अहिले सरकारमा नै सहभागी छन् ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।