२०८१ बैशाख २८ , शुक्रवार

राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस विजयी

volleyball

सुनाखरी न्युज/ काठमाडौं।

नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५-१२ ले जित्यो भने खेलको दोस्रो सेट २५-७ तथा तेस्रो सेट २५-८ ले आफ्नो पक्षमा पार्‍याे ।

त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३-० को सोझो सेट पराजित गरेको छ । एपिएफले मधेसलाई २५-८, २५-७ र २५-२ ले पराजित गर्‍यो ।

उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन्
रासस