२०८१ बैशाख १७ , सोमवार

रंगेली’ भारतमा हिन्दी भाषामा रिलिज हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं।

दयाहाङ राई र मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को भारत प्रदर्शन तय भएको छ । यो फिल्मलाई एन मुभिज र जनता सिनेमाले भारत वितरण गर्न लागेका हुन् ।

एन मूभिजले भारतीय फिल्महरु हनुमान, पेज ३, मालामाल विक्ली, कर्पोरेट, ट्राफिक सिग्नल, जन्नत, न्युटन लगायतका फिल्म वितरण गरेको निर्माताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यी दुई वितरण कम्पनीले ८० मुलुकमा पनि फिल्म वितरण गर्दै आएको जनाइएको छ । कार्यकारी निर्माता जितेन्द्र खतिवडाका अनुसार ‘रंगेली’ भारतका सय पर्दामा रिलिज हुनेछ ।भारतको प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने तयारी छ । हिन्दी डबिङको काम मुम्बईमा भैरहेको छ ।

फिल्म अमेरिकामा रिलिज भैसकेको छ । क्यानडा, जापान, दक्षिण कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी अरब र ओमनमा पनि फिल्म प्रदर्शनको तयारी रहेको जनाइएको छ ।