२०८१ बैशाख १५ , शनिवार

गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतम

gggggggggggggg

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सभापति चन्द्र किशोर गौतमको सभापतित्व र नेपाल सुनचाँदी ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार बिश्वकर्माको प्रमुख आतित्थ्यमा सम्पन्न भयो ।कार्यक्रममा गण्डकी का ९ जिल्ला मध्य सर्बोत्कृषट लमजुङ सुनचाँदी ब्यवसायी संघलाई नगद रु ५,५५५र सम्मान पत्र र अध्यक्ष लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।त्यसैगरी पर्वत जिल्ला समन्वय प्रमुखमा बिष्णुराम बिश्वकर्मालाइ सम्मान गरिएको थियोे उसै क्रममा तनहुँ सुनचाँदी संघका अध्यक्ष बिनोद कुमार बिकले लेखेको पुस्तक सुनचाँदी ब्यबसायमा समस्या र चुनौति प्रमुख अतिथिले बिमोचन गर्नुभएको थियोे ।

 

प्रमुख अतिथि मोहन कुमार बिश्वकर्माले सुनचाँदी ब्यवसायमा थुप्रै समस्या छन। तिनको निराकरण गर्दै लानको लागि प्रदेश स्थापना गरिएको हो। अब आवश्यक सबै काम कार्वाही प्रदेश बाट गर्नका लागि शशक्त जुझारु समिति को आबश्यकता छ यसमा तपाईं हरु सफल हुनुहुनेछ।ब्यबसायी हकहितका लागि हामीले निर्देशिका बनायौ।सबै तयारी गरेका थियौं नया कार्य समितिले ३ बर्ष सम्म प्रयासनै गरेन।सुनको कोटा बृद्दि पनि हुन सकेन।केन्द्र बयवस्थापन र साना ब्यवसायीका लागि सदस्यता र प्यानका आधारमा सुन बितरण गर्ने कुरा लागू गर्न नै दिईएन।ती सबै कुरा लागू गर्न महासंघको आगामी चैत्र २३र २४ गते हुने अधिवेशन मा रोलक्रममा रहेका साथीहरू निर्वाचित भई गर्नु हुनेछ भन्ने पुर्ण बिस्वास छ भन्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष निर्मल बिश्वकर्माले प्रदेश स्थापनामा मेरो भुमिका पनि छ अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशको कार्य अग्र स्थानमा छ सबैलाई समेटेर अझै अगाडि बढेर लाग्न अनुरोध गर्दछु भन्नुभयो ।कार्यक्रममा सम्मानित ब्यक्तित्वका तर्फबाट बिष्णुराम बिश्वकर्माले सुनचाँदी का यावत समस्या समाधान गर्न एकताको आबश्यकता छ।सबै एक भइराज्यलाई ठुलो धक्का दिनुपर्छ तब मात्रै समस्या समाधान हनसक्छ म सधै तपाईंहरु सगै हुनेछु भन्नुभयो।गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले सुनचाँदी ब्यबसायीका समस्या नजिक बाट हेरिरहेको छु।यसमा मैले प्रदेश सरकारबाट गर्न सकिने सबै काममा सहयोग गर्ने बिस्वास दिलाउन चाहन्छु ।कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले सुनचाँदीका तमाम समस्या प्देश सभापति ले हाम्रा कार्यक्रममा राख्दै आउनु भएको छ। राज्य एकलौटी ढंगले लागेको छ आर्थिक मंदी छ ।हामी सबै ब्यबसायी एकभई अगाडि बढ्नुको बिकल्प छैन भन्नुभयो ।उपाध्यक्ष दुर्गा बहादुर सुनार,सचिव एवम् नवलपुर समन्वय प्रमुख बाबुराम बिश्वकर्मा,महासंघका सदस्य निर्मल दियाली,जिल्ला अध्यक्ष को तर्फबाट कास्कीका का वा अध्यक्ष भविन्द्र बिश्वकर्माले बोल्नु भएको थियोे ।

अधिवेशनले चन्द्र किशोर गौतमको सभापति मा १४ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको छ।उपसभापति द्वय कृष्ण बहादुर बिंश्वकर्मा र रविन बिश्वकर्मा,सचिव मन बहादुर लामगादे,सह सचिव पर्व बिश्वकर्मा,कोषाध्यक्षमा पुर्ण बहादुर बिश्वकर्मा,सह कोषाध्यक्ष शान्त सुनार लाई चयन गरेको छ।कार्यक्रममा सभापति चन्द्र किशोर गौतमले हामीलाई ३ बर्ष केही काम गरेर प्रदेशको जग बसाल्ने मौका दिनुभयो ।अब समस्त ब्यवसायिका हक अधिकार स्थापित गर्न लाग्ने छौ ।मुस्कान सहितको ब्यबसायी र समृद्ध ब्यवसाय बनाउन सबैको सहयोग रहने छ भन्नुभयो ।कार्यक्रम संचालन सचिव रविन बिश्वकर्माले गर्नुभएको थियोे समापन उप सभापति जीवन कुमार बिश्वकर्माले गर्नुभएको थियोे ।