२०८१ बैशाख १९ , बुधवार

बसन्तपुरमा ठड्याइयो चीर, होली सुरु भएको जनाउ

Holi Chir

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

 

यससँगै र‌ङ्गहरुको पर्व होली सुरु भएको छ ।

यही प्रचलन अनुसार आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

 

यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।