२०८१ बैशाख १५ , शनिवार

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज मिति २०८० साल चैत्र १गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेको हो । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूचीपर्व, दिवस, पञ्चांगतिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको कम्पनीले जनाए ।

यस अवसरमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनु भएका बीमा अभिकर्ताहरु, मार्ग निर्देशन प्रदान गर्नुहुने संचालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्नु हुने शेयरधनी महानुभावहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामकनिकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्नु हुने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीम शुभकामना समेत व्यक्त गरे ।

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए ।यसकासाथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।“किनकी जीवन अमुल्य”छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवाप्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८०पौष मसान्त सम्ममा लगानी रु. १८७.२८अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १८३.६५ अर्व रुपैयाँ र शेयरधनी कोष १० अर्व ३३ करोड भन्दा बढी रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप—प्रादेशिक कार्यालय र १८५ वटा शाखा÷उपशाखाहरुमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु २४४.२९अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समय सापेक्ष आवश्यकथप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।