२०८१ बैशाख १७ , सोमवार

बादशाहसँग नेपाली गायिका प्रजिनाको सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय पपस्टार बादशाहले तेस्रो स्टुडियो एल्बमको रुपमा ‘एक था राजा’ ल्याउने घोषणा गरेका छन्, जुन सोमबार रिलिज हुँदैछ । बिहीबार बेलुका भिडियोमार्फत एल्बम घोषणा गर्दै उनले रोचक लाइनअप पस्किएका छन् ।

यो गीतका लागि बादशाहले चर्चित भारतीय र्‍यापरहरु आस्था गिल, एमसी स्टान, डिभाइन, रफ्तार, गायक अरिजित सिंह, एक्ट्रेस नोरा फतेही लगायतसँग सहकार्य गरेका छन् । घोषणा भिडियोमा बलिउड अभिनेता शाहरुख खानले आवाज दिएका छन् ।

यो लाइनअपमा नेपाली गायिका प्रजिना  लम्छिाने पनि रहेको छ, जो पछिल्लो समय नेपाली युवापुस्तामाझ चर्चित छिन् ।प्रजिनाले आफ्नो सामाजिक सञ्जालबाट बादशाहको पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएकी छन् ।‘यो सहर’ गीतबाट उनले एकाएक चर्चा बटुलिन्, जसलाई युट्युबमा ३५ लाख पटक हेरिएको छ ।