२०८१ बैशाख १७ , सोमवार

‘लन्डन टु पेरिस’को फष्टलुक्समा रोमान्टिक साम्राज्ञी र निश्चल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत फिल्म ‘लन्डन टु पेरिस’ आगामी जेठ २५ गतेदेखि सार्वजनिक हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।फिल्ममा साम्राज्ञीको जोडी डेब्यू अभिनेता निश्चल खड्का बनेका छन् ।

फिल्ममा साम्राज्ञी तथा निश्चलका अलावा ककवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनीष गान्धीको पनि फिल्ममा अभिनय छ । म्युजिक भिडियोकी व्यस्त मोडल गरिमाको पनि यो डेब्यु फिल्म हो ।यात्राको क्रममा हुने प्रेमकथालाई फिल्मले प्रस्तुत गर्छ ।

‘धौली’ फेम्ड घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्स्स लिमिटेडले सहकार्य गरेका छन् । पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताको रुपमा छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यसलाई वितरण गर्दैछ ।