२०८१ बैशाख १७ , सोमवार

भारतीय अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

shree amitab

 

सुनाखरी न्युज / काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चन अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार बिहान अभिनेता बच्चनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । ८१ वर्षीय बच्चनलाई एन्जियोप्लास्टी गर्न अस्पताल भर्ना गरेको जनाइएको छ ।

दैनिक भास्करकाअनुसार अभिनेताको काँधमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको टिमले यो खबरको पुष्टि भने गरिसकेको छैन । तर उनको अवस्था स्थिर रहेको बताइएको छ ।

 

एन्जियोप्लास्टी गर्न बच्चन अस्पताल भर्ना भएको खुलेको छ । मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ।