२०८१ बैशाख २२ , शनिवार

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बिगत सत्रवर्ष देखि आम नेपाली सर्वसाधरण गा्रहक वर्गहरुलाई घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई.भी संक्रमित अबोध बालबालिकालाई लालन पालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप रू दुई लाख प्रदान गरेको छ ।

बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबीलाईफ होममा रहेका २७जनाएच .आई.भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए ।

विशेष गरी बिपन्न समुदायमा जन्मेका एच. आई. भीपोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुदाँ संचालनमा केही सहजता होस भन्ने हेतुले बैंकलेएक समारोहकाबीचरू दुई लाखको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।