२०८१ बैशाख ३० , आइतवार

बज्राचार्यलाई सिआइबी प्रमुखबाट हटाउने तयारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको हो ।

उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ ।आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।