२०८१ बैशाख २० , बिहिवार

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरको बाँडफाँड सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु मिति २०८०/११/३० मा बाँडफाँड गरियोे ।

कम्पनीले मिति २०८०पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००/- अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२००जना शेयरधनीहरुलाई ९८,८८,४६१कित्ता

हकप्रद शेयर मिती २०८० फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्रीप्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशन कर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरियो ।