२०८१ बैशाख १७ , सोमवार

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

गौरादह नगरपालिका-७ योगिटार बस्ने ८२ वर्षीया नरमाया बिश्वकर्माको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककै नाती १८ वर्षीय किशोर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

गत शनिबार घरबाट हराएकी नरमायाको खोजी गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीलेहत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

शनिबार राति शौचालय जान उठेकी नर मायालाई फलामको रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र हजुरआमाको मृत्यु भए पश्चात आफ्नो साथीको सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।