२०८१ जेठ ५ , शनिवार

जगदम्बा स्टील्सको ‘श्री शंकर लाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जगदम्बा स्टील्स लिमिटेडले यो वर्षको ‘श्री शंकर लाल गोल्ड मेडल अवार्ड २०८०’ नितेश सिलवाललाई प्रदान गरेको छ। इन्जिनियरिङ अध्ययन संस्थानको ५८ औं वार्षिक उत्सवको अवसरमा, २०८० फागुन २९ गते, मंगलबारको दिन, थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा नितेश सिलवाललाई उनको शैक्षिक उत्कृष्टताको लागि यस अवार्ड प्रदान गरिएको जनाए ।

प्रतिष्ठित ‘श्री शंकर लाल गोल्ड मेडल अवार्ड’ अन्तर्गत पुरस्कार स्वरुप सिलवाललाई पदक, प्रमाणपत्र, र नगद रु. ५१ हजार प्रदान गरिएको थियो ।कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्रा. डा. केशरजंग बराल, क्याम्पस प्रमुख,डा. खेम ज्ञावाली, र अन्य सम्मानित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कर्पोरेट म्यानेजर विदुर पुरीद्वारा ‘श्री शंकर लाल गोल्ड मेडल अवार्ड २०८०’ सिलवाललाई प्रदान गरिएको थियो।

यस अवार्ड, सन १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका प्रख्यात उद्यमी तथा जगदम्बा स्टील्स लिमिटेडका संस्थापक  शंकर लाल अग्रवालको नाममा राखिएको बताए । अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यहरुमा पनि उत्तिकै परिचित छन्।जगदम्बा स्टील्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थीहरुलाई समाजमा अर्थपूर्ण योगदानका लागि प्रेरित गर्ने विश्वास लिएको छ ।