२०८१ बैशाख १५ , शनिवार

तरकारी–फलफूल र माछामासु व्यवसाय अव १५ दिनभित्र दर्ता गर्नुपर्ने

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले माछामासु, तरकारी तथा फलफुल व्यवसायलाई १५ दिनभित्र सूचीकृत हुन भनेको छ ।

एक सूचना जारी गर्दै महानगरपालिकाले  महानगरभित्र सञ्चालनमा रहेको तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग व्यवसाय दर्ता हुन भनेको हो ।

 

‘महानगरपालिकामा व्यवसाय दर्ता गरेर कृषि तथा पशुपन्छी विभागमा सूचीकृत नभएमा कारबाही हुनेछ,’ सूचनामा भनिएको छ ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेश झाले महानगरभित्र रहेको सबैखाले व्यवसायहरुलाई करको दायरामा ल्याउने, नियमन गर्नका लागि सूचीकृत गराउन लागेको बताए ।