२०८१ बैशाख १५ , शनिवार

सुन तस्करीको पुनः छानबिन हुने, सीआईबीले गरेको छानविन प्रति गृहमन्त्री लामिछानेको असन्तुष्टि

rabi

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरण फेरि छानबिन गराउने बताएका छन् ।

सुन तस्करी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित जाँचबुझ आयोगबाट बिहीबार प्राप्त ४८५ पृष्ठ लामो प्रतिवेदन पढेसँगै गृहमन्त्री रवि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

आधा घन्टा प्रधानमन्त्रीसँग एक्लाएक्लै कुरा गरेका गृहमन्त्रीले आफ्नो सम्भावित कारबाहीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्रीले आफूलाई जाँचबुझ आयोगको प्रतिवेदन अनुसार निर्धक्क अघि बढ्न भनेको उनले सुनाए ।

 

 

बालुवाटारबाट फर्केलगत्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएर छलफल गरेका गृहमन्त्रीले तत्कालै एक्सनका लागि तयारी हालतमा रहन निर्देशन दिएका हुन् ।

गृहमन्त्रालय स्रोतका अनुसार रविले शुक्रबार नै एक्सन लिनेछन् ।