२०८१ बैशाख २० , बिहिवार

२०८० विन्दुमा झर्‍यो नेप्से परिसूचक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेको छ।यसदिन नेप्से १.३२ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा बन्द भएको छ।। कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडमा खुम्चिएको छ ।

जीवन बीमा र माइक्रोफाइनान्स समूह २ प्रतिशतभन्दा धेरै झरे । बैंकिङ १३, विकास बैंक ५४, फाइनान्स २०, होटल तथा पर्यटन ४७, हाइड्रोपावर १६, जीवन बीमा २८७, उत्पादन ७५, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८८, अन्य १६ र व्यापार समूह २० अंक घटे ।

कुल ४४ कम्पनीको मूल्य बढ्दा १९६ को घट्यो भने ४ को स्थिर रह्यो । धेरै मूल्य घटबढ भएका कम्पनीहरुमा भने माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त, मानुसी र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । गोर्खाज फाइनान्सको ८, कर्णाली विकास बैंकको ७.७, समाज लघुवित्तको ७.२, मनकामना स्मार्ट लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै स्वाभिमान लघुवित्तको ६, जाल्पा सामुदायिक लघुवित्तको ५.६, धौलागिरि लघुवित्तको ५.३ प्रतिशत मूल्य बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.२, एनआईसी एसिया लघुवित्तको ५.१ तथा जनउत्थान सामुदायिक लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो ।