२०८१ बैशाख १८ , मंगलबार

एलजीको निशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सबै मौसमका लागि एलजीए.सी.नाराका साथ अघि बढिरहेको अन्तर रास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै यहि चैत्र१गतेदेखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण ए.सी.का ग्राहकबर्गहरुलाई लक्षित गरी “निस्शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको छ।

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनैपनि ब्रान्डको ए.सी.मा निस्शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन्।ग्राहकबर्गहरुले www.cgelex.com/exchangeमागई आफ्नो पुरानो ए.सी. को मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सुविधा र सर्भिसलिनको लागि ग्राहकबर्गहरुले टोलफ्री नं१६६-००-१००-२११वा०१-५९७०२११मा अथवा एलजीको सामाजिक सन्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ।रजिस्टर पश्चात एलजी काटेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्ने कम्पनीले जनाए।

यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा१८प्रतिशत सम्मको विशेष छुट प्रदान गरिएको छ।साथै ग्राहकबर्गहरुले नयाँ ए.सी.मा रु.४०००बराबरको फ्रीइन्स्टलेशन पनि पाउनेछन।नयाँ एलजीको ए.सी.हरुमा१०वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको जनाए।