२०८१ जेठ ६ , आइतवार

आजको मौसम : केही ठाउँमा पानी पर्ने, लुम्बिनीमा हावा-हुरीको सम्भावना

weither

सुनाखरी न्युज/ काठमाडौं ।

आज   देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू-भागमा आंशिक बदली भएको र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।