२०८१ बैशाख १५ , शनिवार

प्रदेश प्रमुख नियुक्तिमा मधेसी अनुहार देखिएनः सांसद चौधरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले प्रदेश प्रमुख नियुक्तिमा मधेसीलाई वेवास्ता गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले नयाँ सरकार गठनभएसँगै प्रदेश प्रमुख परिवर्तन गरिनु र नियुक्तिमा पनि मधेसी अनुहार नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सांसद चौधरीले लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी समेत गराउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो दलले वर्तमान गठबन्धन सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्दै जाने भन्ने पहिला पनि जानकारी गराएको थिए र हाल पनि दलको समर्थन र सहयोग रहन्छ, तर, हालका लागि लोसपाले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी गराउछु ।”  रासस