२०८१ बैशाख २२ , शनिवार

सिटिजन्स बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।आज बैंकमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषय वस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सर्वजनिक गरेको बैंकले जनाए ।

सो समारोहमा नायब कार्यकारी अधिकृतहरु र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखहरुको सहभागिता रहेको थियो ।बैंकले विभिन्न सिजनमा फुल्ने फूल विषयवस्तु राखेर प्रकृतिको महिमाको स्पर्श ल्याउने लक्ष्यले क्यालेन्डर सार्वजनिक गरेको हो ।

वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रंगहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरुको शान्त लालित्यसम्म गरि नववर्ष २०८१ सुन्दर बनोस्भन्ने परिकल्पना बैंकले गरेको छ ।

समरोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलज्यूले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरि प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने छ भन्ने विश्वास व्यक्त गरे ।