२०८१ बैशाख २० , बिहिवार

नेपाल भाषा म्यूजिक भिडियो “लहिनां तयागु दुधा.”को प्रिमियर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली समाजको यथार्थ परक घटनामा आधारित घाउमा मलम लगाउँदा सजिलै निको हुने, तर मुटु भित्र चिरिएको घाउ झन बल्झदै जाने र कहिल्यै निको नहुने रहेछ । भन्ने सामाजिक मर्म बोकेको नेपालभाषाको म्यूजिक भिडियो गीत “लहिनां तयागु दुधा.”को प्रिमियर हाइलाइट्स नेपालको युट्युबमार्फत भएको छ ।
यसको प्रिमियर फागुन २९ गते काठमाडौंस्थित रञ्जना सिनेप्लेक्स, न्यूरोड फसिकेवमा एक कार्यक्रम गरी सम्पन्न भएको हो ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपाल भाषाको गीत “लहिनां तयागु दुधाः लिथ्वया वल य.माँ….” म्यूजिक भिडियो छायाँकन कार्य नेवाः साधना कला केन्द्रको व्यानरमा निर्माण भएको  हो ।उक्त गीतमा संगीत, एरेन्ज रेकर्ड, मिसिङ र मास्टरिङ बरिष्ठ संगीतज्ञ दिप तुलाधरको रहेको छ । कलाकारहरुमा गायिका सरस्वती मानन्धर, खलनायक सुरेन्द्र श्रेष्ठ, नायिका मिरा डंगोल, राजेश श्रेष्ठ, गायिका सुद्धलक्ष्मी श्रेष्ठ, गायक ताराराम मुनकर्मि बालकलाकार सुजी नेपालीको प्रमुख भूमिका रहेको छ भने सहभूमिकामा प्रेम कार्की र शोभा कार्कीको अभिनय हेर्न पाइने छ । प्रविधिक तर्फ श्रृंगारमा मिरा डंगोल, क्यामेरा, सम्पादन र कलरिङ राजेश शाक्यको रहेको छ भने यसको निर्देशन नेपालभाषा क्षेत्रका वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले गरेका हुन् ।

कार्यक्रम नेवा साधना कला केन्द्रको अध्यक्ष तथा गीतका रचनाकार र सहनिर्देशक सुन्दरमान श्रेष्ठ –बागमति भाई०को सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि वरिष्ठ संगीतकार धन बहादुर गोपाली रहेका थिए । गोपालीले नेपाली समाजमा देखिने गरेको मद्यपानका कारण परिवारमा आउने विपतिको बारेमा कलात्मक रुपमा प्रस्तुत गीतले समाजको विकृति हटाउन टेवा पुग्ने विचार व्यक्त गरे ।त्यस्तै कार्यक्रममा कलाकेन्द्रका सल्लाहकार पौभा साय्मिको बिशेष आतिथ्यताको मन्तव्यको क्रममा राज्यले नेपाल भाषा र नेपाल संवत्लाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइसकेको हुँदा अब जनस्तरबाट र नेपालभाषाका कार्यक्रममा कसैले बुझे पनि नबुझे पनि आफ्नै भाषाको प्रयोग गर्न र तिथी मितिको रुपमा नेपाल संवत्को प्रयोग व्यापक बनाउनु पर्ने धारणा पनि व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं. १८का वडाअध्यक्ष न्हुछेंकाजी महर्जनले नेपालभाषाको विकासमा योगदान दिनुहुने गीतकार तथा संगीतकारहरुको प्रवद्र्धनमा वडाले निकट भविष्यमा महोत्सव गर्ने तयारीमा रहेको जानकारी दिए । त्यस्तै शान्ति खलःका संस्थापक सदस्य तथा समाजसेवी कुष्णबहादुर साहु श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा बाक्लो संख्यामा गीत संगीतका पारखीहरुको उपस्थिति रहेको थियो ।