२०८१ बैशाख २८ , शुक्रवार

नेपालले  त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिको लागि पपुवा न्युगिनीसँग खेल्दै

सुनारखी न्युज/ काठमाडौं ।

हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपालले  पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ ।

नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

 

एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो ।नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो ।