२०८१ जेठ ५ , शनिवार

राष्ट्रियसभाका अध्यक्षका उम्मेदवार दाहालको प्रस्ताव प्रस्तुत

Capture

सुनाखरी न्युज/ काठमाडौं।

राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको छ ।सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सांसद अछामीले सामाजिक न्याय र समृद्ध मुलुकको अपेक्षा पूरा गर्न वामपन्थी र नयाँ शक्तिहरूबीचको गठबन्धन बनेकाले यस गठबन्धनको समर्थनमा दाहाललाई विजयी गराउन आग्रह गर्नुभयो । सांसद दाहालको उम्मेदवारीको प्रस्तावको समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहनुभएको छ ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माका प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई उहाँलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिसक्नुभएको छ ।

अध्यक्षका प्रत्याशी शर्माको समर्थकमा सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह हुनहुन्छ ।  रासस