२०८१ बैशाख २२ , शनिवार

लगतार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं।

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।