२०८१ बैशाख १९ , बुधवार

अर्थमन्त्री पुनले मागे सेयर बजार सुधारको कार्ययोजना

barsaman

सुनाखरी न्युज/ काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारको कार्ययोजना मागेका छन् ।

मन्त्री पुनले  धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडसँग पनि कार्ययोजना माग गरेका छन् ।

सीडीएससी नेप्सेको पनि सब्सिडायरी कम्पनी हो । सीडीएससीले नेप्सेमा र नेप्सेले धितोपत्र बोर्डमा कार्ययोजना पेस गर्ने स्वाभाविक प्रक्रिया हो ।

 

सेयर बजार बढोस् र त्यसको जस आफूले लिन पाइयोस् भन्ने चाहनाबाट प्रेरित भएर अर्थमन्त्रीले कार्यकारी प्रमुख नै नभएको संस्था तथा त्यसमातहत निकायसँग कार्ययोजना माग गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।