२०८१ बैशाख १६ , आइतवार

निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो ।

आज पाशुपत क्षेत्रमा आजोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा निकोलस भुसालले जानकारी दिनुभयो ।

चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ । घर–घरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।

महायज्ञमा करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।  रासस