२०८१ बैशाख १८ , मंगलबार

कोका–कोलाको‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ ।ʻइजकुकिङ’कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’अन्तर्गत नै पर्न आउँदछ ।

यस वर्षकोʻकाठमाडौँइज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स,सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरुको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वाश लिएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भन्नुभयो,“यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौँ इज कुकिङ’माहाँसो,खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।”

ʻकाठमाडौँ इज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोस्मो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनिअघिल्लावर्षहरुझै सफल हुने कम्पनीले विश्वाश लिएको छ। यस कार्यक्रममा उपस्थित हुन चाहनेहरुले मोस्मो र कोका–कोलाकोस्वाद सहितमनमोहक साङ्गीतिक प्रस्तुतिको मजापनिलिन सक्नेछन् । यस कार्यक्रममाविशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता हुनेछ ।

बोटलर्स नेपाल लिमिटेडका एमडी दीपक सेन्थिलनाथले भन्नुभयो, “काठमाडौँ इज कुकिङ’को दोस्रो संस्करणलाई नेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रममार्फत हाम्रा उपभोक्ताहरुका लागि अतुलनीय क्षणहरु सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।सङ्गीत, मोस्मो र कोका–कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।”ʻकाठमाडौँै इज कुकिङ’फोहोर–रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यस कदमले कोका–कोलाको रिसाइ क्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ । ʻकाठमाडौँै इज कुकिङ’मा सहभागी भई रमाइलो गर्ने अवसरको फाइदा लिनुहोस्।