२०८१ बैशाख २२ , शनिवार

सुन–चाँदीको मूल्य स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज स्थिर रहेको हो।आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदी प्रतितोला १४ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।