
सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा राइडर्स क्लबको आयोजनामा हिजो फागुन २६ गते पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको मार्सल तालिम सम्पन्न भएको छ।आउँदो चैत्र २३ र २४ मा हुने पोखरा मोटोइन्डुरो क्रस च्याम्पियनसिपको लागि आवश्यक मार्सलको लागि यस तालिम संचालन गरिएको हो।
गण्डकी अटोमोबाइल एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठको उपस्थितिमा भएको यस तालिममा ३५ पुरुष र १० महिलालाई गरी४५ जनालाई बेसिक मार्सल तालिम प्रदान गरिएको छ।खेलाडीको कुशलता, सृजनशीलता र साहसको संयोजन रहेको रेसिङले युवाहरुमाझ एउटा छुट्टै पहिचान बनाएर पोखरा र नेपालको पर्यटनमा टेवा पु¥याउन सक्ने क्षमता रहेको कुरा व्यक्त गदै श्रेष्ठले आयोजक तथा खेलाडीलाई शुभकामाना दिए ।
पोखरा मोटो इन्डुराक्रसको लागि खेलाडीको सुरक्षा, कम्पिटिसनको फेयरनेस र आवश्यक प्राविधिक जनशक्तिको लागि यो तालिम अत्यन्त फलदायी रहेको कुरा कार्यक्रम सञ्चालक जगत धोलीले बताएका छन्।नेपाल अटोमोबाइल एसोसिएसनका मार्सल तथा ट्रेनिङ कमिसनबाट आएका प्रशिक्षक यदुराज लामिछाने, आशिष रौनियार र क्षितिज श्रेष्ठले रेसमा प्रयोग हुने झण्डा, साइन सिग्नल, सेफ्टी गियर ग्याजेट्स, इमरजेन्सी रेस्पन्स, इभेन्ट रिर्पोटिङ्ग र मार्सलको भूमिकाको बारेमा प्रस्तुत दिएर तालिम दिएका थिए।
नेपाली युवाहरुमा साहसीक खेलकुद प्रतिको रुचि अत्याधिक बडिरहेको अवस्थामापोखराको बाम्दिभिर रखोला किनारको क्षेत्र प्रयोग गरी मोटरसाइकल र एटिभीमा गरिने यस रेसले पोखराको नयाँ आकर्षण केन्द्र बन्ने कुरा क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताएका छन्।