२०८१ बैशाख २५ , मंगलबार

सन् २०२३ मा साउदी कम्पनी अरामकोको नाफामा २४.७ प्रतिशतले गिरावट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

साउदी अरबको बहुराष्ट्रिय कम्पनी अराम्कोको नाफामा सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा २४.७ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ ।पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्पादन तथा बिक्री गर्ने अराम्कोले साउदी स्टक मार्केटलाई दिएको जानकारीअनुसार सन् २०२३ मा कूल आम्दानी१२१.२५ अर्ब अमेरिकी डलर पुगेको छ भने सन् २०२२ मा यो १६१.०७ अर्ब डलर रहेको थियो ।

अरामकोले भनेको छ, “यो कमीले मुख्यतया कच्चा तेलको कम मूल्य र कम परिमाणमा बिक्रीको प्रभावलाई प्रतिबिम्बित गर्दछ ।”फेब्रुअरी २०२२ मा युक्रेनमा रूसले गरेको आक्रमणका कारण तेलको मूल्य आकाशिएको थियो र त्यो वर्ष प्रति ब्यारेल १३० अमेरिकी डलरभन्दा बढी पुगेको थियो ।अराम्कोले सन् २०२२ मा उच्च मुनाफा कमाएको र यसले राज्यलाई लगभग एक दशकमा पहिलो वार्षिक बजेट अधिशेष दिएको थियो ।

सन् २०२३ मा हामीले अहिलेसम्मकै दोस्रो उच्च आम्दानी हासिल गरेका छौं । अरामकोका कार्यकारी प्रमुख अमिन एच नासेरले भन्नुभयो, “विश्वव्यापी आर्थिक सङ्कटको पृष्ठभूमिको बावजुद हाम्रो लचिलोपन र सक्रियताले स्वस्थ नगद प्रवाह र उच्च स्तरको मुनाफामा योगदान पु¥याएको छ ।”“हामीले सन् २०२३ मा भुक्तानी गरेको कुल लाभांशमा वार्षिक ३० प्रतिशतले वृद्धि गर्दै आफ्ना शेयरधनीलाई पनि लाभांश वितरण गरेका छौं,” उहाँले भन्नुभयो ।

गत वर्ष तेलको मूल्य घटेर प्रति ब्यारेल ८५ डलरमा झरेको थियो, जसका कारण पहिलो त्रैमासिकमा अराम्कोको नाफा १९.२५ प्रतिशत, दोस्रो त्रैमासिकमा ३८ प्रतिशत र तेस्रो त्रैमासिकमा २३ प्रतिशतले नाफा घटेको थियो ।रियादस्थित कम्पनी जादवा इन्भेस्टमेन्टले अक्टोबरमा प्रकाशित एक रिपोर्टमा इजरायल–हमास युद्धका कारण विश्वव्यापी अनिश्चितताका कारण यस वर्ष कच्चा तेलको मूल्य प्रति ब्यारेल ८८ देखि ९० अमेरिकी डलर पुग्ने जनाएको छ ।  रासस/एएफपी