२०८१ बैशाख २० , बिहिवार

हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन काठमाडौंमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लियान निसन स्टारर ब्लकबस्टर हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन नेपालमा भएको छ । यसै साता अरनिको राजमार्ग (कोदारी) आसपास, काठमाडौं र भक्तपुरमा चार दिन लामो सुटिङ सकेर फिल्म टोली अमेरिका फर्किएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं र भक्तपुरका सम्पदा स्थलहरु, ठमेल, भक्तपुर बसपार्कसहित अरनिको राजमार्गमा फिल्म छायांकन भएको हो ।फिल्मका प्रमुख अभिनेता निसन चाहिं नेपाल आएका थिएनन् ।

चार-पाँचजना अन्य कलाकार र प्राविधिक छायांकनका लागि आएका थिए । फिल्मले मार्च ४ देखि १० सम्म छायांकनको अनुमति लिएको मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार सुटिङ सकेर टोली फर्किइसकेको छ । भेराइटी म्यागजिनका अनुसार सन् २०२१ को हिट फिल्म ‘द आइस रोड’को यो दोस्रो श्रृंखला हो ।