२०८१ बैशाख २२ , शनिवार

आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्यो , प्रतितोला कति पुग्यो?

gold1

सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रमले आइतबार पनि पायो निरन्तरता
सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ।मंगलबारदेखि रेकर्ड राख्न सुरू गरेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो।

आज पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार सुन अहिलेसम्मकै महँगो प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रूपैयाँ पुगेको छ।