२०८१ बैशाख २३ , आइतवार

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले आज हङकङसँग खेल्दै

सुनारखी न्युज/ काठमाडौं  ।

त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोकं कोकमा सुरु हुनेछ ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ ।

 

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।