२०८१ जेठ ४ , शुक्रवार

सेयर बजारलाई व्यवस्थित बनाउने अर्थमन्त्री पुनको प्रतिविद्धता, के छ उनको योजनामा ?

barsaman

सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई व्यवस्थित बनाउने र स्थिरता दिने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।  मन्त्री पुनले आफूले सेयर बजारलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्ने र सुस्त बनेको घरजग्गा क्षेत्रलाई चलायमान बनाउने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता सार्वजनिक गरे ।

‘सेयर बजारमा ६० लाख बढी लगानीकर्ताको विषय जोडिएको छ । यसलाई मैले हेर्नु नै पर्नेछ ।’ उनले भने-‘घरजग्गा क्षेत्र सुस्त छ । यसलाई चलायमान गरेर अगाडि बढ्नुपर्नेछ ।’ उनले अर्थतन्त्रमा ठूला समस्याहरु नरहेका, बरु मनोबल उठाउनुपर्ने आवश्यकता बढी रहेको भन्दै आफू त्यसमै केन्द्रीत हुने पनि घोषणा गरे ।

अर्थमन्त्री पुनले सरकारको पूँजीगत खर्च बढाउनुपर्ने, राजश्व संकलन बढाउनुपर्ने, अन्तर मन्त्रालय समन्वयलाई व्यवस्थित गर्नुपर्ने लगायत अर्थतन्त्रका कैयन चुनौतिहरु रहेका उल्लेख गर्दै ती सबै समाधान गर्न आफू सक्षम हुने दाबी समेत गरे ।