२०८१ जेठ ४ , शुक्रवार

सर्वोत्तमको आईपीओ बाँडफाँट : २६ जनाले पाए ५१ कित्ता, ९ लाख बढीको हात रित्तो

Businessman Presses Button Ipo Initial Public Offering Diagram O

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट खुलेको  आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो ।

पहिले नै कोटाको आरक्षित सेयर पाइसकेका, धेरै पटक आवेदन दिएकाहरूको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरुमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।

 

५० कित्ताका दरले सेयर पाएकामध्ये ६० कित्ता वा सोभन्दा बढीका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गर्दा २६ जनाले थप १–१ कित्ताका दरले आईपीओ पाएका हुन् ।कम्पनीले कुल कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बाँडफाँट गरेको हो । सोही संख्याका लागि आवेदन माग गरिएको थियो । रितपूर्वक आवेदन दिएका ९ लाख ३ हजार ४३८ जनाको हात रित्तो भएको छ ।

आइपीओको नतिजा केही घण्टापछि आईपीओ रिजल्ट सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ । बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।