२०८१ जेठ ४ , शुक्रवार

आजको मौसम : एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना

weither

सुनाखरी न्युज/ काठमाडौं ।

आज देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू भागको मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

 

आइतबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

सोमबार पनि कोशी, बागमती, गण्डकी र कर्णाली गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान छ ।