२०८१ जेठ ५ , शनिवार

महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नारी दिवसको अवसर पारेर झापा कारागारका महिला कैदीबन्दीलाई ‘लायन्स क्लब अफ विर्तामोड लेडी’ले आज लत्ताकपडा वितरण गरेको छ । झापा कारागारमा रहेका ९१ महिला कैदीबन्दीलाई एक एक थान साडी, चोलो, कुर्था र सुरुवाल वितरण गरिएको हो ।

लायन्स क्लब अफ विर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओली र विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतराले लत्ताकपडा वितरण गरेको हो । उहाँले बन्दी जीवन बिताइरहेका महिलालाई स्वरोजगारमूलक सीप र सकारात्मक सोचको विकास गर्न आग्रह गर्नुभयो ।

जीवनमा भएका सानो गल्ती वा परिबन्दले सुरधारगृहमा पुग्नुपरेका दिदीबहिनीलाई पनि नारी दिवसको आभास होस् भनेर सहयोग गरिएको लेडी लायन्सकी अध्यक्ष ओलीले बताउनुभयो । झापा कारागारमा हाल ९१ महिला ९१, एक हजार पाँच सय २२ पुरुष र दुई बालबालिका कैदीबन्दी रहेका छन् ।

महिला दर्शकलाई प्रवेश निःशुल्क

यसैबीच झापाको विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा आज महिला दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला दर्शकलाई टिकट निःशुल्क गरिएको हो । उक्त प्रतियोगितामा रु दुई सय र रु तीन सय प्रवेश शुल्क निर्धारण गरिएको थियो ।

दृष्टिविहीनसँग अन्तक्र्रिया

महिला जनचेतना केन्द्र झापाले नारी दिवसका अवसरमा आज काँकडभिट्टामा दृष्टिविहीन महिलासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

केन्द्रकी अध्यक्ष राधा प्रधानले दृष्टिविहीन महिलाले जीविका, आवतजावत र राज्यको सुविधामा सकस भोग्नुपरिरहेको हुँदा यस विषयमा सरकारको ध्यानाकर्षण होस् भनेर कार्यक्रम गरिएको बताउनुभयो ।सो अवसरमा मेचीनगर क्षेत्रका ६ दृष्टिविहीन महिलाले आफूले भोगिरहेका समस्या सुनाएका थिए ।  रासस