२०८१ जेठ २ , बुधवार

लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुनको भाउ शुक्रबार स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ।लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ शुक्रबार भने स्थिर रहेको हो।बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।