२०८१ बैशाख २२ , शनिवार

बैंकर्स संघले गरायो अर्थतन्त्रको चुनौतीबारे नवनियुक्त अर्थमन्त्रीलाई ध्यानाकर्षण

bankers-sangh-vet-with-barsaman-pun

सुनाखरी नयुज/ काठमाडौं ।

नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय क्षेत्रमा बढ्दै गएको नकारात्मक धारणाबारे नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएको छ ।

अर्थमन्त्री पुनलाई आइतबार बधाई तथा शुभकामना दिन पुगेका संघका पदाधिकारीहरूले मुलुकको आर्थिक वृद्धिमा बैंकिङ क्षेत्रले पुर्‍याएको योगदानबारे स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुबारे ध्यानाकर्षण गराएका हुन् ।

 

पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकड लगायत विषयमा अर्थमन्त्री पुनलाई जानकारी गराइएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।