२०८३ जेठ १० , आइतवार

परिवार नियोजन संघमा महिला स्वयंसेविका सम्मानित

Capture

सुनाखरी न्युज/ पोखरा ।

नेपाल परिवार नियोजन संघ कास्कीले लामो समयदेखि कार्यरत महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा आठ जनालाई सम्मान गरिएको जनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देल, कास्की सभापति नवीन सिग्देल, कोषाध्यक्ष विष्णु प्रसाद दाहालले उहाँहरुलाई संयुक्त रुपमा सम्मान गरेका थिए ।सम्मानित हुनेहरुमा चन्द्रा बास्तोला, विमला भण्डारी, रुकमाया पुन, ओम कुमारी गुरुङ, रत्न कुमारी चापागाई, शान्ति अधिकारी, सिता पौडेल र सरु श्रेष्ठ हुनुुहुन्छ ।

कार्यक्रममा बोल्दै महासचिव अर्जुन सिग्देलले समाज निर्माणमा महिलाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।कास्की शाखा सभापति नवीन सिग्देलले परिवार नियोजन संघ सबैसँग सहकार्य गर्दै अगाडी बढ्न चाहेको उल्लेख गरे ।संघका शाखा प्रवन्धक नवराज तिवारीले संघका योजना निर्माणमा महिला स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको चर्चा गर्‍यो ।

त्यस अवसरमा स्वयंसेविका सिता पौडेल, रुकमाया पुन र स्टाफ नर्स अनुषा भुजेलले बोलाएको थियो ।कार्यक्रममा लामो समय सेवा पछि अवकाश लिनुभएका लेखापाल मिन नारायण श्रेष्ठ र क्लिनिक हेल्पर हरि आचार्यलाई बिदाई गरिएको थियो ।