२०८१ बैशाख २० , बिहिवार

सेरेसको नयाँ स्टेटद अफ आर्ट सोरुम नक्सालमा

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपालका लागि सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जियार एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र यी पांग तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार आयोजित एक समारोहबीच नयाँ सोरुम उद्घाटन गरेको हो ।

नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्छ । उद्घाटन समारोहमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो ।

नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण छ ।
काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउने कम्पनीले जनाए । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ ।

नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुने जनाए । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ ।सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौ बाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, ,चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।