२०८१ बैशाख २२ , शनिवार

सानिमा बैंकको चाडपर्व विशेष योजना

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डकालागि आवेदन गर्दा ५०प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाए । छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँवर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ ।

यो योजना फागुन २५, २०८० देखि लागू हुनेछ। छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५, २०८० सम्म आवेदन दिनुपर्नेछ । साथै, घोडे जात्रार नयाँवर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ ।

उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट https://icard.sanimabank.comवा सानिमा मोबाइल बैंकिङ्ग एपमार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्ने जनाए ।

सानिमा बंैकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटhttps://www.sanimabank.com/digital-banking/products/cards/discount-outletमा उपलब्ध छ ।