२०८१ बैशाख २० , बिहिवार

महिलाहरुको पहिलो रोजाइमा टाटा टियागो इभी

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

टाटा मोटर्सको टाटा टियागो इभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको छ । आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठुलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङ्गका लागि सहज हुने,सीटहरूको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडी महिलाहरुको रोजाइमा पर्न सफल भएको हो ।

टाटा इभीयसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरु यसमा आकर्षित भएका बताए । टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ ।

टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।दैनिक तथा व्यक्तीगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रति दिन बढ्दै गइरहेको कम्पनीले जनाए ।

विस्तृत जानकारीका लागिः
सिप्रदी ट्रेडिङ्ग प्रा.लि.
टोलफ्री नं. १६६००१५५७७७, ९८०१५७५७७७