२०८१ बैशाख १८ , मंगलबार

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौँ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ३ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने रामेछाप उमाकुण्ड नगरपालिका-६ घर भएका २६ वर्षीय गोविन्द थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।