२०८१ जेठ ३ , बिहिवार

आज प्रतिनिधि सभा बैठक बस्दै, के के छ कार्यसूचिमा ?

Samsads

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभा बैठक आज  बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ ।

बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

 

यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

यसअघि २१ गतेका लागि तय भएको बैठक सत्ता समीकरण बदलिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

 

नयाँ गठबन्धन बनेपछि संसदको कार्यसूची पनि प्रभावित भएको छ । २१ गतेकै बैठकमा आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने तयारी गरिए पनि पछि सरेको छ ।