२०८३ जेठ १० , आइतवार

भाटभटेनीेसुपर मार्केटको २७ औं आउटलेट झापाको दमकमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

देशको अग्रणी रिटेल चेन भाटभटेनी सुपरमार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो ।सुविधा जनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको हो ।

उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको जनाए । ‘ग्राहकको सन्तुष्टि हाम्रो लक्ष्य’ नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरासयी आवश्यकताका सबै सामान पाइन्छन् ।संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जन भन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपर मार्केटहरु देशका सबैजसो प्रमुख सहरहरुमा खुलिसकेका छन् ।

सन् १९८४ मा काठमाडौंको भाटभटेनीमा करिब १२० वर्ग फिटको एउटा सटरमा सीमित कोल्डस्टोरबाट खोटाङमा जन्मनु भएका मिनबहादुर गुरुङले शुरु गर्नुभएको भाटभटेनी यतिबेला रिटेल सेक्टरको सबैभन्दा ठूलो करदाताको रुपमा उभिएको छ । करिब पाँच हजार जना पूर्णकालीन कर्मचारी रहेको भाटभटेनी सुपर मार्केटमा दैनिक ८ करोड रुपैयाँ हाराहारीको कारोबार हुने बताए ।

देशभरका भाटभटेनी सुपर मार्केटमा दैनिक सवालाख जति ग्राहक पुग्छन् ।नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपर मार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्व विख्यात ब्रान्ड समेतका गरी एक लाख ५० हजार थरी वस्तु पाइन्छ ।